
एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको भए पनि दोलखामा भने आजै महाधिवशेन प्रतिनिधि चयन भएका हुन् ।
एमालेको दोलखा जिल्ला कमिटीबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरू निम्नानुसार छन् ः
खुलातर्फ
ईश्वरचन्द्र पोखरेल
भरत दुलाल
डबल पाण्डे
हर्क पाख्रिन
कृष्ण भुजेल
दलिततर्फ
सुन्दर लामिछाने
टेक घतानी
महिलातर्फ
शान्तिकुमारी तामाङ
कालिका पाठक
कमला बस्नेत
उर्मिला थामी
गायत्री आचार्य
गोमा के सी
शान्ति पाख्रीन
भुगोलतर्फ खुला
नरबहादुर श्रेष्ठ (मेलुङ)
बालकृष्ण शिवाकोटी (कालीञ्चोक)
भरत के सी (भीमेश्वर नगरपालिका)
जिवसराज खड्का (तामाकोशी)
मित्र जिरेल (जिरी नगरपालिका)
हेमन्त चौलागाईं (बैत्यश्वर)
धन बहादुर तामाङ (शैलुङ्ग)
ठुला थामी (बिगु)
शुभ शेर्पा (गौरीशंकर)