२३ असार २०८३, मंगलबार

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख तिलक परियारद्वारा पदभार ग्रहण

कात्तिक २६, २०७८
कर्णाली प्रदेशका नवनियुक्त प्रमुख तिलक परियारद्वारा पदभार ग्रहण
फाइल फोटो

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले शुक्रवार पदभार ग्रहण गरेका छन् ।

पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।

स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

‘कर्णालीवासी र यहाँको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँको साथ सहयोग रहनेछ,’ उनले भने, ‘यहाँहरूबीच आएका काम गर्ने अवसर पाउँदा मलाई खुशी र गौरव लागेको छ ।’

इतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उनको भनाइ थियो । 

नेपाल सरकारको कात्तिक २३ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी थिइन् ।

नवनियुक्त ३ वटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्