०१ असार २०८३, सोमबार

खालिवन स्वास्थ्य चौकीको भवन निर्माण

कात्तिक २७, २०७८
खालिवन स्वास्थ्य चौकीको भवन निर्माण
प्रतिकात्मक तस्वीर

पाल्पाको रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।

रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रवार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । 

रामपुर नगरपालिकाको १४ लाख रुपैयाँ र ओकेबाजेको १० लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको छ । 

स्वास्थ्य चौकी भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताए ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्दै नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताए । नवनिर्मित भवनसँगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

विक्रम संवत् २०५० सालमा स्थापना भएको स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्