३१ जेठ २०८३, आइतबार

एमाले महाधिवेशन ‘सहमति’को

कात्तिक २७, २०७८
एमाले महाधिवेशन ‘सहमति’को

एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ। सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन्। जसका लागि शनिबार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ।

कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन्। ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ।

महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सहमतिमै हुने स्पष्ट पारेका छन्। विगतभन्दा पृथक् ढंगले महाधिवेशन हुने दाबी महासचिव पोखरेलले गरे। ‘हामी सहमतिमै नेतृत्व चयन गर्छौं’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘विधान महाधिवेशन पनि सर्वसम्मतिबाटै सक्यौं। वडा र पालिकाका अधिकांश अधिवेशन सर्वसम्मतिमा भए। प्रतिनिधि चयन पनि सर्वसम्मतमै गर्दै छौं।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्