०४ असार २०८३, बिहीबार

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङसहित स्नातक तह पढाउने तयारी पूरा

कात्तिक २७, २०७८
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङसहित स्नातक तह पढाउने तयारी पूरा
प्रतिकात्मक तस्वीर

२ नम्बर प्रदेशको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठनपाठन गर्ने तयारी पूरा गरेको छ ।

प्रतिष्ठानका उपकूलपति डा. राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङ तर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन १–२ दिनमा शुरू गर्ने तयारी गरेको जानकारी दिए ।

सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकूलपति डा. साहले बताए । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ ।

शिक्षण अस्पतालको रूपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडि बढाएको छ । पहिलोपटक स्नातक तहका ३ वटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ ।

जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०/२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ । तोकिएको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकूलपति डा. राम केवल साहले बताए ।

निकट भविष्यमा नै एमडी तथा एमएसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा प्रतिष्ठान रहेको उपकूलपति डा. साहले जनाए ।
 

salt training

कमेन्ट गर्नुहोस्