२४ असार २०८३, बुधबार

मन्त्री नपाए दाम्लो चुँडाल्ने अवस्था भएकाले मन्त्रालयको संख्या बढाउने सहमति भएको छ: मुख्यमन्त्री राई

कात्तिक २७, २०७८
मन्त्री नपाए दाम्लो चुँडाल्ने अवस्था भएकाले मन्त्रालयको संख्या बढाउने सहमति भएको छ: मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धनमा रहेका पार्टीहरूमा मन्त्री चाहनेको संख्या धेरै भएकाले मन्त्रालयको संख्या बढाउन लागिएको बताएका छन् ।

शनिवारबाट शुरू भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रदेश सरकारको कामको बारेमा जानकारी गराउँदै राईले गठबन्धनमा मन्त्रालयको संख्या बढाउने सहमति भएको बताए । 

‘पार्टीहरूमा मन्त्री हुनका लागि दाम्लो चुँडाल्ने अवस्था भएको हुँदा मन्त्रालयको संख्या बढाउने सहमति भएको छ,’ राईले भने । 

राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए । ‘सयमा ९५ प्रतिशतले सही तरिकाले मन्त्री छान्यो भने पनि मन्त्रीमा नपर्नेले विरोध गरिहाल्छ,’ राईले भने ।

एकीकृत समाजवादीको बैठकमा राईले भने, ‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरू धेरै छन् अरू पार्टीमा दाम्लो चुँडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन ।’

राईले पार्टीले नै सरकार चलाउनुपर्ने बैठकमा बताए । ‘पार्टीले नै सरकार चलाउनुपर्छ । केपी ओलीसँगको एउटा अन्तर्विरोध यो पनि हो । कुकुरले पुच्छर चलाउने कि पुच्छरले कुकुर चलाउने भन्नेमा कुकुरले नै पुच्छर हल्लाउने हो । त्यसैले पार्टीले नै मन्त्री चलाउने हो,’ राईले भने ।

salt training

कमेन्ट गर्नुहोस्