०६ साउन २०८३, बुधबार

एमाले कालीकोटले छान्यो १४ जना महाधिवेशन प्रतिनिधि

कात्तिक २७, २०७८
एमाले कालीकोटले छान्यो १४ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले कालीकोटले आज १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाहीसहित खुल्लातर्फ ८ जना, महिलातर्फ दुई जना र दलिततर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

खुलाबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छन् ।

त्यसै गरी महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएको जिल्ला कमिटी अध्यक्ष शाहीले जानकारी दिए ।

एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा १० औं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्