१० असार २०८३, बुधबार

पोखरामा १८ लाख नगदसहित ६ जुवाडे पक्राउ

कात्तिक २७, २०७८
पोखरामा १८ लाख नगदसहित ६ जुवाडे पक्राउ

पोखरामा १८ लाख रूपैयाँ नगदसहित ६ जुवाडे पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ६ जना व्यक्तिलाई १८ लाख ७ हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।

उनीहरूलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । 

जुवातास खेल्नका लागि घर नै भाडामा लिई सीसीटीभी क्यामेरासहित जडान गरी संगठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्