३० जेठ २०८३, शनिबार

च्यवनप्रासको बट्टामा दुई क्विन्टल चरेस !

कात्तिक २८, २०७८
च्यवनप्रासको  बट्टामा दुई क्विन्टल  चरेस  !

चितवनको     रत्ननगरबाट    प्रहरीले करिब   दुई   क्विन्टल   चरेस   बरामद गरेको    छ ।  

इलाका   प्रहरी   कार्यालय टाँडीले     रत्ननगर     नगर पालिका–३, शान्तिचोक  नजिक  किराना  पसलको गोदाममा लुकाइ राखेको  एक क्विन्टल ८४ किलो  ३५० ग्राम चरेस बरामद   गरेको    हो  ।

च्यवनप्रासको बट्टामा   प्याकेजिङ   गरेर    राखेको अवस्थामा    सो     परिणामको     चरेस बरामद    गरेको     प्रहरीले जनाएको छ ।

१९२  वटा  बट्टामा  ३२  वटा  कार्टुनमा   प्याकेजिङ   गरेर    राखेको अवस्थामा   चरेस   बरामद   गरिएको थियो  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्