०४ असार २०८३, बिहीबार

भारतीय नागरिकले गरे मणिपाल अस्पतालको किर्ते शेयर बिक्री

कात्तिक २८, २०७८
भारतीय नागरिकले गरे मणिपाल अस्पतालको किर्ते शेयर बिक्री

भारतीय   नागरिकले कास्की पोखरास्थित मणिपाल शिक्षण अस्पतालको किर्ते शेयर बिक्री गरेको पाइएको छ। सो अस्पतालसँग कुनै सम्बन्ध नभएका भारत तमिलनाडुका ४४    वर्षीय    शिवम् विरुमुथु चेटियारलेशेयर     बिक्रीबापत विभिन्न व्यक्तिबाट ५० लाख रुपियाँ उठाएका छन् ।

अपराध  महाशाखाका  निमित्त प्रमुख   प्रहरी   उपरीक्षक   कृष्ण कोइरालाले    पीडितको    गुनासो आएपछि   अभियुक्त   चेटियारलाई बालुवाटारबाट   पक्राउ   गरिएको जानकारी दिए ।

उनले अस्पताल बिक्रीका   लागि   भारतीय   शेयर सदस्यसँग   सम्झौता   भइसकेको नक्कली  कागजपत्र  देखाएर  ठगी गरेको पाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्