×

NMB BANK
NIC ASIA

कार्तिक २८ देखि मंसिर ४ गतेसम्म : राशिअनुसार कसको भाग्य कस्तो रहला ?

कात्तिक २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

यो हप्ता  सकारात्मक हुनेछ ।  व्यक्तिगत सम्बन्धमा आत्मीयता हुनेछ । वरिष्ठ व्यक्तिको सल्लाह पछ्याउँदा बुद्धिमता रहला । मनको इच्छा अनुसार गतिविधिहरुमा लगानी गर्न पाइनेछ । छिमेकीहरूसँग चलिरहेको विवाद सुल्झाइनेछ । सुखद समाचारले  उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

आफ्नो स्वास्थ्यमा सामान्य गिरावट आउन सक्नेछ । हल्का मौसमी रोगहरूले तपाईलाई विचलित गर्दछ । यो समय लापरवाह हुनु उचितछैन । उचित उपचाको लागि प्रयत्न गर्नुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ ।

Vianet communication
Laxmi Bank

मिथुन

व्यापारव्यवसायका  दृष्टिकोणबाट अनुकूल रहन्छ । केहि महत्वपूर्ण उपलब्धिहरु देखा पर्नेछ तर पैसा लेनदेन सम्बन्धित कार्यहरू सावधानीपूर्वक गर्नुहोस् । सकारात्मक गतिविधिहरूमा आफूलाई व्यस्त राख्नुहोस् । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

कर्कट

निष्पक्ष र सकारात्मक सोचको विकास हुनेछ ।  एक सामाजिक संगठनको साथ सम्बन्ध बढ्नेछ र सहकार्यले तपाईलाई आध्यात्मिक खुशी प्रदान गर्दछ ।  विशेष योजनाहरू बनाउन अनुकूल रहनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।  प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।

सिंह

व्यवसायमा नकारात्मक परिणाम आउनसक्ला । अरूको शब्दमा नआउनुहोस् र आफैमा विश्वास गर्नुहोस् । सकारात्मक विचारधाराका व्यक्तिहरूसँग सम्पर्कमा रहँदा तपाईको मुडमा पनि सकारात्मक परिवर्तनहरू आउँदछन् । साताको मध्यतिर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । साताको अन्त्यतिर हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ, व्यापारमा मनग्य धनलाभ हुनेछ ।

कन्या

घरेलु प्रेमको वातावरण रमाइलो हुनेछ । विपरीत लिंगको मित्रलाई भेट्नाले पुरानो मनमोहक यादहरूलाई फेरि ल्याउँदछ ।  प्रभावकारी व्यक्तिकोसाथ सम्पर्क र सामाजिक सक्रियताको दायरा बढाउनुहोस् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।  साताको मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ ।

तुला

स्वास्थ्यमा  रोग संक्रमणसँग सम्बन्धित दुख हुन सक्ला । डाक्टरको सल्लाहका साथ घरेलू उपचारमा ध्यान दिनुहोस् । सरकारी काममा सामान्य बाधा आउन सक्ला । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ ।

वृश्चिक

श्रीमान श्रीमतीमा सकारात्मक विचार बढ्नेछ । धार्मिक मामिलामा चासो बढ्नेछ । विद्यार्थी र युवाहरूले कुनै विशेष उपलब्धि हासिल गर्नमा गर्व महसुस गर्नेछन् । हजुरको भविष्यको लक्ष्यको लागी हजुरले कडा परिश्रम गर्न आवस्यक रहनेछ । अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ ।

धनु

खर्च बढ्न सक्नेछ ।  ससुराली पक्षसँग सम्बन्ध बिग्रिन सक्छ यसमा सचेत रहनुहोस ।  केही अप्रिय समाचारहरू पनि आउने संकेतहरू छन् जसको कारणले डर र निराशाको स्थिति हुन सक्छ ।  मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । समय सामान्य नै छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।  

मकर

अधिक रुचिका बिषयमा मन बढ्नेछ । परिवारका सदस्यहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्दा हजुरलाई मानसिक शान्ति हुन्छ । तपाईको बदी उमेरका व्यक्तिहरूसँग सम्पर्कमा रहन प्रयास गर्नुहोस, फाइदा नै हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ ।  व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

कुम्भ

हजुरको व्यवसाय विस्तारका योजनाहरु बढेर जानेछ । कुनै पनि निर्णय लिनु अघि कुनै अनुभवी व्यक्तिको सल्लाह लिनुहोस् । वर्तमान अवस्थाको कारण, कुनै पनि निर्णय एकदम होशियारीका साथ लिनु आवश्यक छ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

मीन

यो साता कुनै पनि कदम चाल्नु अघि, पूर्ण रुपमा सोच्नु होला ।  घाटाको अवस्थाहरू आउन सक्लाल ।  उपयुक्त शब्दहरू प्रयोग गर्नुहोस्,  तपाइमाथी एक नराम्रो  वा गलत आरोप लगाउन सक्छन । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x