२४ असार २०८३, बुधबार

शिल्पा र राज कुन्द्राविरुद्ध डेढ करोडको ठगी मुद्दा दर्ता

कात्तिक २८, २०७८
शिल्पा र राज कुन्द्राविरुद्ध डेढ करोडको ठगी मुद्दा दर्ता

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राविरुद्ध मुम्बइको बान्द्रा पुलिस थानामा ठगी मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले २०१४ देखि हालसम्म स्पा र जिमको फ्रेन्चाइजी वितरणका नाममा कयौं पटक ठगी गरेको आरोप लगाएका छन् । 

उनले यस मुद्दामा काशिफ खान, दर्शित शाह र उनका केही साथीहरूलाई पनि आरोपी बनाएका छन् । यद्यपि काशिफ र दर्शित को हुन् एवं शिल्पा–राज कम्पनीमा यिनीहरूको भूमिका के थियो भन्नेबारे खुलेको छैन । 

नितिनका अनुसार पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’को जिम र स्पाको फ्रेन्चान्जी खोलेका थिए । आरोपीहरूले १ करोड ५९ लाख २७ हजार रूपैयाँ लगानी गराएको र सो रकम निजीरुपमा प्रयोग गरेको नितिनको आरोप छ । उनले भने, ‘जब आफ्नो पैसा माग्न थाले उनीहरूले मलाई धम्काउन थाले ।’

बान्द्रा पुलिसले शिल्पा, राजलगायतका आरोपीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थ ालेको छ । प्रहरीले चाँडै उनीहरूसँग सोधपुछ गर्ने भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् । 

राजविरुद्ध यसअघि पोर्नोग्राफीको मुद्दा पनि चलेको थियो । सो मुद्दामा जेलबाट छुटेपछि उनी कतै देखिएका छैनन् । 

उनले १ नोभेम्बरमा आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट पनि डिलिट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्