
वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको कात्तिक २६ गतेसम्मको तथ्यांक अनुसार, सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ ।
सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले पछिल्लो एक सातामा ऋण ३ अर्ब रुपैयाँले बढाएका छन् । यही समयमा निक्षेप भने १५ अर्ब रुपैयाँले घटेको छ ।
कात्तिकमा मात्र बैंकहरुको निक्षेप ४५ अर्ब रुपैयाँले घटिसकेको छ । ऋण भने २९ अर्बले बढेको छ । चालु आर्थिक बर्षमा बैंकहरुको कुल निक्षेप जम्मा २२ अर्ब रुपैयाँले बढेको छ । ऋण भने ३ खर्ब ७ अर्ब रुपैयाँले बढेको छ ।
बजारमा तरलताको चरम अभाव भएको छ ।
अहिले बैंकहरुसँग कुल निक्षेप ४२ खर्ब २३ अर्बमा झरेको छ भने ऋण ४० खर्ब २८ अर्ब पुगेको छ ।