३० जेठ २०८३, शनिबार

कुवेतका अमिरद्वारा सरकारको राजीनामा स्वीकृत

कात्तिक २८, २०७८
कुवेतका अमिरद्वारा सरकारको राजीनामा स्वीकृत

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतवार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ।

अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन् ।

'प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन्,' कुनाले जनाएको छ । नोभेम्बर ८ मा कुवेत सरकारले अमिरलाई राजीनामा बुझाएको थियो ।

राजीनामा संसदीय अधिवेशनको पूर्वसन्ध्यामा आएको थियो जसको एजेन्डामा प्रधानमन्त्री र उनको सरकारका धेरै सदस्यहरू विरुद्धका विभिन्न मुद्दाहरू उठाइएका थिए ।

जनवरी २४ मा, अमिरले शेख सबाह खालेद अल-हमद अल-सबाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

पछिल्लो समय कुवेतमा बारम्बार मन्त्रिपरिषद् हेरफेर भइरहेको छ । रासस-सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्