०३ साउन २०८३, आइतबार

बुटवलको चुनावी राप : प्रदेश विभाजनको तुस छताछुल्ल, यस्ता छन् मेयर–उपमेयरका सपना

कात्तिक २०, २०७४
बुटवलको चुनावी राप :  प्रदेश विभाजनको तुस छताछुल्ल, यस्ता छन् मेयर–उपमेयरका सपना
बुटवल, ९ असार – प्रदेश नम्बर पाँचको सीमाङ्कन फेरबदल गर्नेगरी संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयकको मनोवैज्ञानिक प्रभाव प्रदेश नम्बर पाँचका नगर र गाउँपालिकामा चुनावी एजेण्डा बनेका छन् ।

संविधान संशोधन विधेयक विरुद्ध आन्दोलनको केन्द्र बनेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले प्रदेश टुक्राउन नदिने मुद्दालाई चुनावी एजेण्डा बनाएको छ ।butwal election

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार शिवराज सुवेदीले प्रदेश फुटाउन नदिने बिषयपनि आफ्नो चुनावी एजेण्डा रहेको बताए ।

‘बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने कुरालाई चुनावी एजेण्डा बनाएका छौं’ मेयरका प्रत्यासी सुवेदीले शुक्रवार लोकान्तरसँग भने, ‘बुटवललाई बसौं—बसौं लाग्ने सहर बनाउन लागि परेका छौं ।’

नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले भने प्रदेश टुक्राउने प्रस्तावबारे मतदाताले सोधेका प्रश्नको गतिलो उत्तर दिन सकेका छैनन् । संविधान संशोधन विधेयक विरुद्ध गतबर्षको माघ महिनामा भएको आन्दोलनको राप सेलाइनसकेको विश्लेषण गर्नेहरुको कमी छैन् ।

रुपन्देहीमा एमाले, कांग्रेस–माओवादी गठबन्धन र नयाँ शक्ति लगायतका पार्टीले मेयरमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् ।

चुनावी समीकरण
६६ हजार ६ सय मतदाता रहेको र प्रमुख दलहरुका लागि प्रतिष्ठाको बिषय बनेको बुटवलमा चुनाव जित्नका लागि दलहरुले भएभरको शक्ति खर्चेको देखिन्छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका विष्णु पौडेलले यस क्षेत्रवाट चुनाव जितेका थिए ।
संविधानसभा निर्वाचनमा पाएको भोट र त्ययसयता ‘एमाले सरकारको लोकप्रियताका’ कारण चुनाव जितिने एमालेको विश्लेषण छ ।

दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रवाट तत्कालिन माओवादी केन्द्रका नेता डा बाबुराम भट्टराई पराजित भएका थिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि २०७० सालको चुनावको नतिजालाई चुनाव जित्ने आधार बनाएका छन् ।
गत निर्वाचनमा कांग्रेस र माओवादीले पाएको भोट जोड्दा एमालेले भन्दा धेरै भोट पाउने गठबन्धनको विश्लेषण छ ।

‘२०५४ सालको निर्वाचनमा साविकको बुटवल नगरपालिका सहित मोतिपुर गसिवसमा हामीले जितेका थियांै, यसपटक पनि चुनाव जित्छौं,’ एमालेका सुवेदीले भने ।

साझा एजेण्डा
बुटवललाई आधुनिक समृद्ध र बस्न योग्य शहर बनाउने दुबै दलको साझा एजेण्डा छन् । यसका अतिरिक्त तिनाउँ र दानव खोलामा तटबन्ध, फोहर व्यस्थापन खानेपानीको सरसफाई, शिक्षा, स्वास्थ्यलाई सबै दलले चुनावी एजेण्डा बनाएका छन् ।

‘उपमहानगरलाई महानगर वनाउने, प्रदेशको राजधानी बनाउने, जनताका आधारभूत सेवाहरु दिनेगरी पूर्वाधार आधार तयार गर्ने लगायत हाम्रा एजेण्डा हुन्,’ सुवेदीले भने, ‘समग्रमा बुटवललाई बसौं– बसौ लाग्ने सहर बनाउन लागि परेका छौं ।’

नेपाली कांग्रेसका तर्फवाट मेयरका उम्मेदवार खेलराज पाण्डेले बुटवललाई आर्थिक राजधानी बनाउने सपना रहेको बताए ।

‘सुकुम्सावीलाई लालपुर्जा वितरण, तिनाहुँ नदीलाई तटबन्द गरेर बुटवललाई सुरक्षित बनाउने र बुटवललाई आर्थिक केन्द्रको राजधानी बनाउने योजना छ’, उनले भने ।butwal election 1

एमाले उपमेयरकी उम्मेदवार गोमा आचार्यले बुटवललाई महानगरपालिका र पाँच नम्बर प्रदेशको राजधानी बनाउने गरी पूर्वाधार विकास गर्ने योजना सुनाइन् ।

माओवादी केन्द्रका तर्फवाट उपमेयरका उम्मेदवार जगत पोखरेलले बुटवललाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र आर्थिक समृद्धिसहितको सुखी नगरपालिका बनाउने योजना रहेको सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्