२४ असार २०८३, बुधबार

एकीकृत समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने

कात्तिक २८, २०७८
एकीकृत समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय कमिटीको कार्य विभाजनसहित अन्तरपाटी निर्देशन (अपानि) २ जारी गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा यही कात्तिक २७ देखि दुईदिनसम्म बसेको बैठकले विधान तथा नियमावलीसम्पादन र प्रकाशन गर्ने, विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्नेलगायत निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज जारी गरेको विज्ञप्तिमा वैचारिकरूपमा निकट रहेका विभिन्न राजनीतिक दलसँग एकताका लागि भइरहेका प्रयास तथा उपलब्धीबारे बैठकमा जानकारी गराइएको छ ।

माले समूहबाट आएका कुलप्रसाद फुँयाल, शङ्कर पोख्रेल र नीलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माओवादीबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने, एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, एमालेबाट आएका डा तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं प्रदेश कमिटीमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्