एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने भएको छ।
भिडीयो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा बिदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ।
बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो।
अब ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन्।
भीकेवाईसीका लागि https://vcc.nmb.com.np मा गई आफ्नो विवरण दिन सकिन्छ ।
यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।
हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।