
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको कामकारवाही सुचारु गर्न माग गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै कानूनी राज्य र विधिको शासन लागू गर्ने अदालतको गरिमा जोगाउन सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरेर समस्याको यथाशीघ्र समाधान निकालेर अदालत सुचारु गराउन माग गरेको हो ।
‘नेपालको इतिहासमा न्यामूर्तिको रुपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भाई देशभरका सम्पूर्ण कानून व्यवसायीहरू आन्दोलित भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जसका कारण कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको नेपाल चिकित्सक संघको ठहर छ ।’