०३ साउन २०८३, आइतबार

कृषिमा गुणात्मक परिवर्तन आवश्यक- माधवकुमार नेपाल

कात्तिक २९, २०७८
कृषिमा गुणात्मक परिवर्तन आवश्यक- माधवकुमार नेपाल
फाइल तस्वीर।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याए । 

उनले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । ‘नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो,’ उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यावसायीकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरू किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । 

उनले सुकुम्वासीहरूको समस्या समाधानमा सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए । अध्यक्ष नेपालले अव्यवस्थित रुपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्