२९ जेठ २०८३, शुक्रबार

म्यान्मारको जेलमा कैद अमेरिकी पत्रकार रिहा

कात्तिक २९, २०७८
म्यान्मारको जेलमा कैद अमेरिकी पत्रकार रिहा

म्यान्मारको एक कारागारमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सोमवार रिहा गरिएको छ । 

उनलाई ११ वर्षको कैद सजाय सुनाइएको तीन दिनपछि रिहा गरिएको हो । आप्रवासन र आतंकवाद कानून उल्लंघन गरेको भन्दै उनलाई सजाय दिइएको थियो । 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका पूर्व राजदूत बिल रिचार्डसनले सोमवार फेन्सटरलाई म्यान्मारमा आफूसमक्ष सुम्पिइएको बताए । उनी कतारको बाटो हुँदै छिटै घर फर्किने उनले बताए । 

फेन्सटरले काम गर्ने फ्रन्टियर म्यान्मार पत्रिकाका प्रकाशकले पनि उनी रिहा भएको पुष्टि गरेको छ । म्यान्मार सरकारको एक स्रोतले एएफपी समाचार संस्थालाई फेन्सटर यांगोनबाट राजधानी नेपिततर्फ लगिएकाले उनलाई डिपोर्ट गरिने बतायो । 

पक्राउ पर्दा फेन्सटर फ्रन्टियर म्यान्मारका व्यवस्थापकीय सम्पादक थिए । शुक्रवार उनलाई गलत वा उत्तेजक सूचना फैलाएको, गैरकानूनी संगठनहरूसँग सम्पर्क गरेको र भिसा नियमावली उल्लंघन गरेको आरोपमा कसूरदार ठहर गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्