
पछिल्लो २४ घन्टामा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०२ नमूना परीक्षणमध्ये ३६७ पीसीआर र ४९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४७८ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २७० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।
हाल मुलुकभर ७ हजार ३११ सक्रिय संक्रमित छन् ।