×

NMB BANK
NIC ASIA

मुद्दा सुनुवाइको विषयमा न्यायाधीशहरूको समूह नै विभाजित

कात्तिक ३०, २०७८

NTC
Premier Steels

 सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एकै ठाउँमा उभिएका न्यायाधीशहरू विभाजित भएका छन् । न्यायालयमा देखिएको विवादका कारण २२ दिनदेखि न्याय सेवा ठप्प भएसँगै सोमबारबाट भने पाँच जना न्यायाधीशले ‘विद्रोह’ गरेका हुन् ।

Muktinath Bank

आन्दोलनरत न्यायाधीशमध्ये पाँच जना नियमित इजलास फर्कने तयारीमा छन् । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थप सशक्त बनाउन नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरूको छलफल बहिष्कार गरेका पाँच जना न्यायाधीश इजलास फर्कने मनस्थितिमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने भएका हुन् । तपाईंहरू इजलास फर्कने तयारीमा हुनुहुन्छ हो भन्ने जिज्ञासामा पाँच जना न्यायाधीशमध्ये एक न्यायाधीशले सोमबार साँझ भने, ‘हामीले अहिले कुनै निचोड निकालिसकेका छैनौं, भोलि मंगलबार बसेर एउटा निर्णयमा पुग्छौं, लामो समय न्यायालय बन्द हुँदा सेवाग्राहीको अवस्था हेरेर पनि अब फर्कनुपर्छ कि भन्ने मनस्थिति चाहीँ बनाएका छौं, मुद्दा सुनुवाइको विषयमा हामी गम्भीर छांै ।’


Advertisment
Nabil box
Kumari

न्यायालयमा परेका गम्भीर संवैधानिक बहसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको विरोध भइरहेको थियो । ७ कात्तिकमा न्यायाधीशहरू सामूहिक छलफलमा जुटेपछि दोस्रो दिनबाट सर्वोच्चको कुनै पनि इजलासमा सुनुवाइ हुन सकेन । ९ कात्तिकमा सर्वोच्चका १४ न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेर राजीनामा दिन सुझाव दिएका थिए ।

Vianet communication

प्रधानन्यायाधीश राणाले न्यायाधीशको आग्रहलाई अस्वीकार गर्दै राजीनामा नदिने बरु संवैधानिक प्रक्रियाबाट मात्रै आफू बिदा हुने बताए । त्यसपछि सुरु भएको न्यायालयमा इजलास बहिष्कार गरेका थिए भने नेपाल बारले आन्दोलनको घोषणा गरेर प्रधानन्यायाधीशको राजीनामा माग्यो । आन्दोलन निरन्तरताकै क्रममा सोमबार भने न्यायाधीशहरूबीच नै विद्रोह भएको हो । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x