१५ असार २०८३, सोमबार

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

कात्तिक ३०, २०७८
गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन् ।

सोमवार सम्पन्न ४२ औं सार्क फाइनान्स गभर्नर्स ग्रुप मिटिङले ​आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ

भुटान, भारतीय रिजर्व बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्