०५ असार २०८३, शुक्रबार

राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग नभएको गुनासो

कात्तिक ३०, २०७८
राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग नभएको गुनासो
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन

राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् ।

कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् । देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–२६, लैनचौर क्षेत्रमा खटिएका गणक शरद डाँगीले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरे। “काठमाडौँ सहरजस्तो ठाउँमा त कतिपय नागरिकलाई सूचना दिन अनुरोध नै गर्नुपर्ने अवस्था छ”, उनले भने, “कतिपय नागरिकले जनगणनाबारे जानकारी नभएर पनि सूचना दिन गाह्रो मानेका हुन् । त्यसका लागि स्थानीय तहले नियमित रूपमा जनगणनाका लागि माइकिङ गर्ने, समुदाय सचेतना कार्यक्रम गर्दा जनगणना सफल बनाउन सहज हुन्थ्यो ।”

देशभरका ७५३ स्थानीय तहका छ हजार ७४२ वडाले जनगणना अवधिभर नियमित रूपमा माइकिङ गरी समुदाय सचेतना गर्नुपर्ने सुझाव उनको छ । सबैको मोबाइलमा बजेको जनगणनाको रिङटोनले भने केही सहज भएको उनीहरूको भनाइ छ । काठमाडौँमा नजिकै घर भएकाले सरदर दैनिक १२ घर गणना गर्नुपर्ने भए पनि आफूले भने २० देखि २५ घरपरिवारको गणना गर्ने गरेको डाँगीले बताए । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्