३० असार २०८३, मंगलबार

विप्लव नेकपाको बन्दले सुनसान बने सडक, यात्रुलाई सास्ती

कात्तिक ३०, २०७८
विप्लव नेकपाको बन्दले सुनसान बने सडक, यात्रुलाई सास्ती

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ । 

उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् । 

काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् । 

यद्यपी केही निजी सवारी साधन भने चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिए । 

रात्रि बसहरू काठमाडौँ भित्रिरहेपनि उपत्यकामा चल्ने यात्रु बसहरू चलेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्