२८ असार २०८३, आइतबार

गुनासो गर्न भूकम्पपीडित राजधानी आउन नपर्ने

कात्तिक २०, २०७४
गुनासो गर्न भूकम्पपीडित राजधानी आउन नपर्ने


काठमाडौँ, १० असार - भूकम्प पीडितले पुनर्निर्माणसम्बन्धी गुनासो आफ्नै गाउँपालिका वा नगरपालिकामा गर्नसक्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि गठन भएका गाउँपालिका र नगरपालिकालाई भूकम्प पीडितका गुनासा व्यवस्थापन गर्ने अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रत्यायोजन गरेसँगै भूकम्प पीडितका लागि केही सहज वातवरण बनेको हो, गोरखापत्रमा खबर छ ।lokaantar-logo
प्राधिकरणको कार्यकारी समितिले भूकम्पका कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण, अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुनस्र्थापनासम्बन्धी गुनासोहरू सरल एवं व्यवस्थित तवरबाट व्यवस्थापन गरी सम्बोधन गर्न बिहीबारदेखि नयाँ कार्यविधि लागू गरेको छ ।
यसअघि सबै गुनासा र त्यसको व्यवस्थापन प्राधिकरणको केन्द्रीय तहबाट मात्र हुने गरेकाले प्राधिकरणमा त्यस्ता गुनासाको खात लाग्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्