काठमाडौँ । दन्त चिकित्सक डा कपिल रिजालले निर्देशन गरेको म्यूजिक भिडियो ‘मेरो मनमा’ सार्वजनिक गरिएको छ । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले यसअघि चलचित्रमा समेत विभिन्न माध्यमबाट क्रियाशिलता देखाइरहेका बेला उनले निर्देशन गरेको गीतले सांगीतिक बजारमा राम्रो चर्चा पाइरहेको छ ।
गायिका शर्मिला बर्देवा र सपनकुमार राईले स्वर भरेको गीतको सम्पूर्ण भिडियो बेलायतका रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।
बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोले किशोरावस्थाको प्रेमी जोडीले देखाउने गहिरो प्रेमाभावलाई नजिकबाट निर्देशक रिजालले देखाएका छन् । जसमा अन्जु बस्नेत र टंक धमलाको धमाकेदार रोमान्सलाई देख्न सकिन्छ ।
मिडियाकर्मी कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियो निकै नै स्तरीय बनेको छ । किरण कँडेलको एरेन्ज रहेको गीतमा संगीतकार शेखर सन्तोषले समधुर संगीत भरेका छन् ।