
काठमाडौं, १६ पुस–उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव तथा रामगोपाल यादवलाई समाजवादी पार्टीबाट गरिएको कारवाही फिर्ता भएको छ ।
उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष शिवपाल सिंह यादले एक ट्वीट गरेर यसको जानकारी दिएका हुन् । शिवपाल अखिलेशका काकासमेत हुन् ।
सत्ताधारी समाजवादी पार्टीबाट ६ वर्षका लागि निष्काशनमा परेका मुख्यमन्त्री अखिलेशले आफ्रना बुबा एवं पार्टी अध्यक्ष मुलायम सिंहमाथि महंगा सावित भएका हुन् ।
यसअघि अखिलेस आज विहान आफ्ना बुबा एवं पार्टी अध्यक्ष मुलायम सिंहसँग भेट्न उनको घर पुगेका थिए । भेटपछि उनीहरूको पार्टी निष्काशन फिर्ता भएको हो ।