२६ असार २०८३, शुक्रबार

विराटनगरमा शेखर र प्रकाशमानको जम्काभेट

विराटनगरमा शेखर र प्रकाशमानको जम्काभेट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका दुई आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच विराटनगरमा भेटवार्ता भएको छ ।

कोइराला र सिंहबीच बुधवार अपरान्ह विराटनगर विमानस्थलमा जम्काभेट भएको हो ।

एक कार्यक्रममा सहभागी हुन नेता सिंह बुधवार विराटनगर गएका थिए । कोइराला पनि बुधवार नै विराटनगर पुगेका हुन् ।

कांग्रेसमा संस्थापन इतरका यी दुइ नेताले सभापतिमा उठ्ने बताउँदै आएका छन् । सभापतिमा शेखरलाई सघाउने संकेत गरेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा दाबी गरेका प्रकाशमान काठमाडौंमै सीमित रहेको टिप्पणी गरेका थिए ।

बुधवारको भेटमा नेता कोइराला र सिंहले सभापतिमा सघाउन एक अर्कालाई आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्