०१ असार २०८३, सोमबार

अबको निर्वाचनमा एमालेको सुदृढ बहुमत हुनेछ : अध्यक्ष ओली

अबको निर्वाचनमा एमालेको सुदृढ बहुमत हुनेछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको बताएका छन् ।

नेपालगञ्जमा बुधवार आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गरे ।

‘एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ,’ अध्यक्ष ओलीले भने, ‘एमाले प्रादेशिक/जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।’

आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै उनले आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्