१७ असार २०८३, बुधबार

मधेशी जनताले हामीलाई नम्बर १ बनाउनेछन् : प्रचण्ड

मधेशी जनताले हामीलाई नम्बर १ बनाउनेछन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा बुधवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु २ नम्बर प्रदेशमा आफ्नो पार्टी पहिलो हुने दाबी गरे ।

‘चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्,’ प्रचण्डले भने, ‘मधेश र मधेशी जनताको मुक्तिको शंखनाद हामीले गरेका हौं, मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्बर १ बनाउनेछन् ।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ । आफैंले २ पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसंग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए ।

‘हामीले संविधान संशोधन गरेर मधेश मुद्दा सम्बोधनको जमर्को गर्‍यौं,’ प्रचण्डले भने, ‘तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।’

त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गरे । पछिल्लो न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उनको भनाइ छ ।  

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणा साथ उद्घाटन गरे ।

महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाए । समारोहमा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्