१२ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) अध्यक्ष उमार क्रेम्लेभ बुधवार नेपाल आएका छन् ।

बुधवार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेका नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए । त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमालजस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्‍याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उनलाई अझ सहज हुने बताए ।

नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीवार दुबई प्रस्थान गर्ने बक्सिङ संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्