३० जेठ २०८३, शनिबार

यी ११ जिल्लाबाट एमालेको प्रतितिनिधि विवरण आउन बाँकी

मंसिर २, २०७८
यी ११ जिल्लाबाट एमालेको प्रतितिनिधि विवरण आउन बाँकी

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । कात्तिक २७ गते देशभर एकसाथ प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढे पनि केही प्राविधिक कारणले केन्द्रमा विवरण आउन बाँकी रहेको एमालेले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण प्राप्त हुने प्रक्रियामा छ ।

महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसंगठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको बताउँदै उनले छिट्टै विवरण प्राप्त हुने जानकारी दिए । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको थियो । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसंगठनबाट पाँच जनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।

चितवनमा हुने महाधिवेशनमा देशैभरिबाट १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २ सय २५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्