०१ असार २०८३, सोमबार

सडक दुर्घटनामा गम्भीर घाइते भएका डा. दीपक खरेलको मृत्यु

सडक दुर्घटनामा गम्भीर घाइते भएका डा. दीपक खरेलको मृत्यु

कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डा. दीपक खरेलको  मृत्यु भएको छ ।

सडक दुर्घटनामा परि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत डा. खरेलको   मृत्यु भएको छ ।

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ का खरेल कार्तिक २१ गते बुद्धभूमिको टिक्करमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

सरकारले डा. खरेलको सबै उपचार निशुल्क गर्न निर्देशन दिएको थियो ।

ट्रमा सेन्टरमा न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उनको उपचार गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्