इरानको महिला फूटबल टीमकी गोलकीपर पुरुष भएको दाबी जोर्डनको फूटबल एसोसिएसनले गरेपछि विवाद उठेको छ ।
आक्रोशित इरानी टीमले जोर्डन फूटबल एसोसिएसनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।
उज्बेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानकी गोलकीपर जोहरेह कोउदेईले पेनाल्टी शूटआउटमा दुईवटा पेनाल्टी जोगाएकी थिइन् । खेल ४–२ ले जितेर इरान वुमन्स एसिया कपमा छनोट भएको छ ।
खेलपछि जोर्डनले कोउदेईको लिंग जाँच्न माग गरेको थियो ।
कोउदेईले भनिन्, ‘म महिला हुँ । जोर्डनले हामीलाई हेप्यो । म जोर्डन फूटलब एसोसिएसनका विरुद्ध मुद्दा हाल्छु ।’
जोर्डनले इरानी महिला फूटबल टीममा लिंग र लागूऔषध सेवनको समस्या पहिलेदेखि नै रहेको आरोप लगाएको छ । उचित कानूनी प्रक्रिया चलाउन पनि जोर्डनले भनेको छ ।
इरानको टीम व्यवस्थापकले सबै आरोप खण्डन गर्दै जोर्डन टीमले हार पचाउन नसकी बहाना खोजेको बताए ।