०१ साउन २०८३, शुक्रबार

स्वास्थ्य बीमा गर्नेको संख्या करीब १ लाख हाराहारी

स्वास्थ्य बीमा गर्नेको संख्या करीब १ लाख हाराहारी

काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या १ लाखको हाराहारी पुगेको छ ।

स्वास्थ्य बीमा गर्ने नागरिकले उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन, झन्झटिलो व्यवस्था र उपचारका क्रममा स्वास्थ्य बीमा गर्नेलाई भन्दा अन्य बिरामीलाई पहिलो प्राथमिकता दिएको पाइएकाले बीमाप्रति चासो नदेखाएको नागरिकको गुनासो छ ।

सरकारले नागरिकको उपचारलाई  थप सहज बनाउनका लागि उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रम ल्याएकामा बीमा गरेका नागरिकलाई प्राथकिता नदिएकोे भन्दै नवीकरणमा रुचि कम देखाएको पाइएको हो । जिल्लामा हालसम्ममा ९७ हजार ४३७ जनाले स्वास्थ्य बीमा गरिसकेको धुलिखेलस्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयले जनाएको छ ।

कार्यालयका दर्ता अधिकारी सरस्वती सिग्देल लुइँटेलका अनुसार धुलिखेल नगरपालिकामा २१ हजार ६, बनेपा नगरपालिकामा २२ हजार ६३, बेथानचोक गाउँपालिकामा १ हजार ७००, चौरीदेउराली गाउँपालिकामा १ हजार ४८६, खानीखोला गाउँपालिकामा ५५६, महाभारत गाउँपालिकामा ८८५, मण्डनदेउपुर नगरपालिकामा ९ हजार ५७६, नमोबुद्ध नगरपालिकामा ५ हजार ३४६, पनौती नगरपालिकामा १५ हजार ९४६, पाँचखाल नगरपालिकामा १२ हजार ४०४, रोशी गाउँपालिकामा २ हजार २२५, तेमाल गाउँपालिकामा १ हजार २७४ र भुम्लु गाउँपालिकामा ३ हजार २७० जनाले स्वास्थ्य बीमा गरिसकेका छन् ।

बीमा गरेकामध्ये करीब ७५ प्रतिशतले नवीकरण गरेको पाइएको र तीमध्ये पहिलो वर्षमा करीब ४५ प्रतिशतले मात्रै नवीकरण गरेकामा दोस्रो वर्षमा आइपुग्दा संख्या बढेर करीब ७५ प्रतिशत पुगेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्