०८ साउन २०८३, शुक्रबार

बारमाथिको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने कानून व्यवसायीको चेतावनी

बारमाथिको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने कानून व्यवसायीको चेतावनी
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका कानून व्यवसायीमाथि भएको प्रहरी दमनलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी कानून व्यवसायीले दिएका छन् ।

सर्वोच्च अदालतभित्र एसएलआरसहितका हतियार लगेर आफूहरूको आन्दोलन दबाउन खोजेको भन्दै कानून व्यवसायीहरू आक्रोशित भएका हुन् । 

सर्वोच्चमा धर्नापछि बार प्राङ्गणमा बिहीवार आयोजित कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले कानून व्यवसायीमाथि भएको दमनको विषयमा सर्वोच्चभित्र रहेका प्रहरीले सार्वजनिक माफी नमागे मानव अधिकारको मुद्दा हाल्ने चेतावनी दिएका हुन् । 

‘यहाँको कमाण्ड गर्ने एसपी र मुख्य रजिष्ट्रार माफी नमागे जाहेरी दरखास्त हाल्छौं । मानव अधिकार आयोगले नहेरे अन्तर्राष्ट्रिय क्षेत्राधिकारमा लान्छौं । संयुक्त राष्ट्रसंघका निकायमा जान्छौं र नाम किटानी गरेर दियौँ भने तिमीहरूको वृत्ति विकासमा दाग लाग्नेछ’ अर्यालले भने । 

एसपीले प्रहरीको बर्दीमा भिजिलान्ते प्रयोग गरेको उनले आरोप लगाए । अलदालतभित्र दंगा प्रहरी र एसएलआर छिराएर वकिललाई दमन गर्ने चोलेन्द्रको आदेश तामेल गर्नेलाई पनि मानव अधिकारको मुद्दा हाल्ने उनले चेतावनी दिए । ‘यहाँको प्रहरी प्रशासन, मानवअधिकार आयोगले सहयोग गरेन भने हामी अन्तर्राष्ट्रियकरण गछौं र तिमीहरू विदेश भ्रमणबाट वञ्चित हुनेछौं,’ अर्यालले भने । 

बिहीवार प्रहरीसँगको मुठभेडमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्