२८ जेठ २०८३, बिहीबार
खोसिँदै प्रधानन्यायाधीशको विशेषाधिकार

शुरू भयो फूलकोर्ट बैठक

शुरू भयो फूलकोर्ट बैठक

गोलाप्रथाबाट पेशी तोक्ने गरी नियमावली र कार्यविधि संशोधनलाई स्वीकृत गर्न फुलकोर्ट(सर्वाेच्चका न्यायाधीशकाे पूर्ण बैठक) शुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समेतको उपस्थितिमा सर्वोच्च अदालतमा उपलब्ध १९ न्यायाधीशको बैठक बसेको हो । एक न्यायाधीश भने बिदामा छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको बुधवार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानमा सहमति जुटेको थियो ।

सर्वोच्च अदालत नियमावली संशोधन भएसँगै पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ ।

फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।

नियमावली संशोधनको मस्यौदा प्रधानन्यायाधीशको सहभागिता विनै न्यायाधीशहरूले तयार पारेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्