×

NIC ASIA

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

मंसिर २, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ । 

Muktinath Bank

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ । 


Advertisment
Nabil box
Kumari

तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । 

Vianet communication

मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन समारोह आयोजनाको तयारी छ । उद्घाटनको अवसरमा पाँच लाखभन्दा बढी जनसहभागिता जुटाउने तयारी गरेको महाधिवेशनमा जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेले बताएका छन् । 

उनी महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक पनि हुन् । 

हुन त एमालेका नेताहरूले चितवनमा एकताको महाधिवेशन हुने भन्दै आएका छन् । नेतृत्व सहमतिमा चयन गरेर पार्टीमा एकताको सन्देश दिने उनीहरूको दाबी छ ।

मंसिर १० मा महाधिवेशन उद्घाटन भएपछि ११ गतेबाट नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले एमालेको ई–बुलेटिन नवयुगलाई दिएको अन्तर्वार्तामा मंसिर ११ गते बिहान बन्दसत्रको कार्यक्रम शुरु हुने बताएका छन् ।

‘शुरूमा अध्यक्षको मन्तव्यपछि सम्भवतः हामी अध्यक्ष मण्डल गठन गरेर उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउने छौँ’, पाण्डेले भनेका छन् ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको मतदानका लागि भोटिङ मशिन प्रयोग गर्ने तयारी गरेको छ । 

बन्दसत्र सुरू भएसँगै प्रतिनिधिलाई भोटिङ मशिन प्रयोगको तालिम पनि दिने तयारी एमालेले गरेको छ । 

सोही दिन साँझसम्ममा दाबी–विरोध फिर्ता लिने समय हुने पाण्डेले बताएका छन् । त्यसदिन प्रतिनिधिहरूलाई इंगेज गर्नका लागि सांस्कृतिक कार्यक्रम आयोजना हुने उनले बताए । 

सबै प्रतिनिधिलाई ११ गते साँझको खाना भने एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट खुवाउने तयारी रहेको पनि पाण्डेले बताए । 

मंसिर १२ गते बिहान ८ बजेबाट निर्वाचन प्रक्रियाअघि बढाउने तयारी एमालेले गरेको छ । 

पाण्डेका अनुसार, १२ गतेसम्म महाधिवेशनको सम्पूर्ण औपचारिक काम सम्पन्न हुनेछ ।  

‘प्रतिनिधिका लागि हामीले १२ गते बेलुकासम्मका लागि खाने–बस्ने व्यवस्थापन गरेका छौँ । १३ गते बिहान नयाँ नेतृत्व छनोटसँगै सबै प्रतिनिधिलाई बिदाइ गर्ने तयारी भएको छ’, पाण्डेले भने ।

१३ गते नै महाधिवेशनमा खट्ने स्वयंसेवक र कलाकारलाई सम्मान गर्ने कार्यक्रम राखेका पाण्डेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x