
नेकपा एमालेको १० औं महाधिवेशनमा भाग लिन चितवन पुग्ने महाधिवेशन प्रतिनिधिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रि भोज खुवाउने भएका छन् ।
एमालेले प्रकाशन गरेको नवयुग ई–बुलेटिनलाई अन्तर्वार्ता दिँदै महाधिवेशन जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई अध्यक्षले डिनर खुवाउने कार्यक्रम रहेको बताएका छन् ।
‘११ गते साँझको खाना सबै प्रतिनिधिलाई अध्यक्षको तर्फबाट हुने भएको छ’, पाण्डेले भनेका छन् ।
एमाले महाधिवेशनमा देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने तय भएको छ । ती सबै प्रतिनिधिलाई बसोवासका लागि चितवनको सौराहामा होटल बूक भइसकेको पाण्डेले बताएका छन् ।
११ गते साँझको डिनर अध्यक्ष ओलीका तर्फबाट दिइने भएको हो ।