
आईएमईको डबलको डबलको डबल अफरका भाग्यशाली विजेता जिवेश दाहाल बनेका छन् ।
आईएमईले बिहीवार एक कार्यक्रम आयोजना गरी विजेता घोषणा गरेको हो ।
चाडपर्वलाई लक्षित गरी आईएमईले गत असोज १ देखि कात्तिक २६ गतेसम्मका लागि डबलको डबलको डबल अफर ल्याएको थियो ।
जसको अन्तिम विजेता बिहीवार एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आईएमईको सेवाग्राही दाहाल विजेता छनोट भएका हुन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल रस ब्राण्ड एम्बास्डरद्वय दीपकराज गिरीर दीपाश्री निरौलाले संयूक्त रुपमा प्रविधिमा आधारित स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका हुन् ।
सेवाग्राही दाहालले उक्त अफर अवधिमा विदेशबाट आइएमई मार्फत नेपालमा रहेका आफ्ना आफन्तलाई १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ पठाएका थिए ।
सो अफर अनुसार उनले पठाएको रकमको ८ गुणा बढी रकमस्वरुप उनले १२ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ प्राप्त गरेका छन् ।
उनले प्राप्त गरेको उक्त रकम नेपालमा बस्ने उनकी पत्नीलाई हस्तान्तरण गरिने आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।
लक्की ड्र पश्चात दाहाललाई विजेता घोषणा गरेपछि ब्राण्ड एम्बास्डर दीपकराज गिरी र दीपाश्री निरौलाले उनकी पत्नीलाई फोन सम्पर्कमार्फत कार्यक्रम स्थलबाटै बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा ग्रुपका अध्यक्ष ढकालले नेपालमा आइएमईको कल्चर स्थापना गरी वैधानिक बाटोबाट विदेशमा कमाएको पैसा नेपालमा ल्याउन सहयोग पुर्याउने आइएमईले आफ्ना ग्राहकलाई सन्तुष्ट पार्नका लागि भएपनि यस्ता अफरहरु सार्वजनिक गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो ३ महिना यता नेपालमा रेमिट्यान्स आप्रवाह खस्किरहेको बताए ।
उनका अनुसार पैसाभन्दा वस्तु बढी आयात हुन थालेपछि यसको असर रेमिट्यान्स आप्रवाहमा परेको हो ।
५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।
आईएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा २ सय रुपैयाँ तत्काल बोनसको व्यवस्था अफर अन्तर्गत हजारौँ सेवाग्राही लाभान्वित भएको आईएमईले जनाएको छ ।