२८ जेठ २०८३, बिहीबार

नबिल बैंकको नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट, यस्ता छन् विशेषता

नबिल बैंकको नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट, यस्ता छन् विशेषता

नबिल बैंकले नबिल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट संचालनमा ल्याएको छ ।  

यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको बैंकले जनाएको छ । 

नविल एक्स्ट्रा फिक्स्ड डिपोजिट अकाउन्ट  ग्राहकको माझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता हो । 

यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । 

यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा तोकिएको छैन र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोली यसको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्