०८ साउन २०८३, शुक्रबार

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।

बिहीवार आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि शुरू भइसकेकाले यसमा साथ दिन सबैलाई आग्रह गरे ।

‘आजभन्दा २० वर्षअघि नेपालमा २० प्रतिशत औपचारिक रूपमा र बाँकी अनौपचारिक रूपमा स्वदेशमा पैसा आउँथ्यो तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्त्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउनका लागि महत्त्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उनले भने ।

लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रूपमा विकास भएको बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वको रूपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्