२९ जेठ २०८३, शुक्रबार

बसले हायसलाई ठक्कर दिँदा २ जनाको मृत्यु

बसले हायसलाई ठक्कर दिँदा २ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहीवार साँझ बसले हायसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हायसमा सवार काठमाडौं बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर २ जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरूप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्