कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी–२० क्रिकेट शृंखला नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले जितेको छ ।
बिहीबार कतारको दोहामा भएको अन्तिम खेल पनि जितेसँगै नेपाल तिन शृंखला नै जित्न सफल भएको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।