०६ असार २०८३, शनिबार

हेडमास्टरको कार्यसम्पादनबारेको तथ्यांक माग

हेडमास्टरको कार्यसम्पादनबारेको तथ्यांक माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानाध्यापक ( हेडमास्टर)को कार्यसम्पादनबारेको तथ्यांक मागेका छन् ।
शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार देखि बिहीबार आयोजनामा शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टर गरेका कामको तथ्यांक मागेका हुन् ।
मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिए ।

विद्यालयमा विषयगत शिक्षकले कसतो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने औँल्याए ।
‘क्षेत्रअधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानुनको समस्या छ भनेत्यसलाई समाधान गरौं, हात बाधेर अल्छी भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा  अध्यादेशमार्फत त्यो ऐन आउने बताए ।
उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रि परिषद्मा प्रस्ताव गरिएको भन्दै चाडै पास हुनेमा विश्वास व्यक्त पनि गरे ।

salt training

कमेन्ट गर्नुहोस्