×
Bajaj Top
Khukuri
FONEPAY

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी नेपाली वैज्ञानिक

काठमाडाैं | मंसिर ३, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
TVS INSIDE

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

Sanima Bank
morang Auto yamaha

सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ ।

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।” उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

डा. मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा. मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।”

डा. मास्केका अनुसार यस मिसनअन्तर्गतको स्याटेलाइटको प्लेलोड बोर्ड (पीसीबी) नेपालमै निर्माण गरिने छ । यस पीसीबीमा पीएक्स–४ अपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) मोनिटरिङ रहने छन् ।

यो व्यावसायिक स्याटेलाइटभन्दा अनुसन्धानात्मक क्षेत्रमा उपयोग हुने खालको स्याटेलाइट भएको डा. मास्केले बताए । यस्ता परियोजनाले अन्तरिक्ष प्रविधिमा नेपाली युवालाई आकर्षित गर्ने उहाँको तर्क छ । प्रवक्ता ढुङ्गेलका अनुसार यो स्याटेलाइटले आगलागी, डढेलो र बाढीपहिरोलगायतका मौसमसम्बन्धी जानकारी तस्बिरबाट दिने छ । जसबाट मौसमसम्बन्धी पूर्वजानकारी सजिलै लिन सक्छौँ ।

यसपटक थाइल्यान्डको एजेन्सीसँग नास्टले सहकार्य गर्दैछ । नास्टका अनुसार इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्सटेड)सँगको सहकार्यमा स्याटेलाइट निर्माण गर्ने तयारी भइरहेको छ । यो परियोजना स्याटेलाइट क्षेत्रमा नेपालीको क्षमता अभिवृद्धि गर्ने योजनाअनुरूप निर्माण हुन लागेको हो ।

‘नेपाली स्याट–१’ भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खस्यो । नास्टका अनुसार अन्तरिक्षमा रहँदा यस भूउपग्रहले पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो । यो भूउपग्रह नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

‘नेपाली स्याट–१’ भूउपग्रह स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभास मास्के र नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठले बनाएका थिए । गोरखापत्र दैनिकमा  ​अजय शर्माले खबर लेखेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन ।  विश्वकै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।  लोभीपा...

माघ १०, २०७८

ओस्कारको ९४ औं संस्करणमा उत्कृष्ट चलचित्रहरू सार्वजनिक गरिएको छ । दी एकेडेमी अफ मोचर पिक्चर आर्टस् एन्ड साइन्सेसले विभिन्न देशका २७६ चलचित्रबीच प्रतिस्पर्धा हुने जनाइएको छ । आयोजकका अनुसार भारतका दुई चलचित्र ...

माघ १०, २०७८

बलिउड तथा  हलिउड  चलचित्रकी  नायिका प्रियङ्का    चोपडा    सरोगेसीको मद्दतले   आमा   बनेकी छन् । चोपडा   र   उनका   श्रीमान्   निक जोनसले...

माघ १०, २०७८

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ५ का वडाध्यक्ष नरेश बलमे आफ्नो मतदाताका लागि एम्बुलेन्स खरिद गरी सञ्चालन गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्न...

माघ १०, २०७८

त्रिभुवन विश्वविद्यालले अति आवश्यकबाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले ९ बुँदे सूचना जारी गरी कार्यालय प्रमुखलाई सकेसम्म घरबाट हुने कामका लागि घरबाटै काम गर्न अर्थात् &...

माघ १०, २०७८

 कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको  छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...