०८ असार २०८३, सोमबार

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

शुक्रबार दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको पनि जनाएको छ ।

 यसैगरी राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक सामान्य बदली रहने छ।

यस्तै दिउँसो जस्तै राति पनि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्