भैरहवा, १० असार — स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्वाचन अवधिभर मादक पदार्थ बिक्रि बितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै असार ११ गते देखी १४ गते सम्म जिल्लामा मादक पदार्थ बिक्रि बितरणमा रोक लगाएको हो । स्थानिय तहको निर्वाचनलाई शान्तीपूर्ण बनाउन स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ६ बमोजिम जिल्ला भरि मादक पदार्थ बिक्रि बितरण गर्न बन्देज लगाएको हो ।
सूचनालाई बेवास्ता गरि कसैले मादक पदार्थको कारोबार गरेको भेटिए प्रचलित कानून अनुसार कार्यवाही गर्ने पत्रमा उल्लेख छ ।
यसै गरि स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरि ४८ घण्टा सम्म नेपाल भारत सीमा पूर्ण रुपमा बन्द हुने भएको छ ।
असार १२ गते साझ देखी असार १४ गते साझ ७ बजे सम्म सीमा बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले जानकारी दिए ।
