०४ असार २०८३, बिहीबार

अमेरिकी सहायक विदेशमन्त्री र ओलीबीच यी विषयमा छलफल

अमेरिकी सहायक विदेशमन्त्री र ओलीबीच यी विषयमा छलफल

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । शुक्रवार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए । उनले मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिती नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताए ।

विभाग प्रमुख भट्टराईले भने ‘संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्रीज्युले पूर्व प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटको क्रममा खासगरी उहाँहरुका तीन, चार वटा विषयहरुमा उहाँहरुले नेपालसँग एउटा त हाम्रो ऐतिहासिक सम्बन्ध छ दुई वटै मुलुकका बीचमा । ७५ वर्षदेखि हामी अत्यन्त राम्रो सम्बन्ध कायम गरेर आइरहेका छौँ । अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, त्यो क्षेत्रलाई हामी बिस्तार गर्न चाहन्छौँ भन्नुभयो । दोस्रो केही नयाँ क्षेत्रमा काम गर्ने इच्छा छ, त्यो भनेको क्लाइमेट चेन्जको विषय । क्लाइमेट चेन्जले पारिरहेको असरको बारेमा हामी हाम्रो मुलुकको तर्फबाट थप केही नयाँ क्षेत्रमा काम गर्न चाहन्छौँ, त्यो भनेको क्लिन इनर्जी डेभलप नेपालको लागि अत्यन्त सम्भावना युक्त ठाउँ हो, यसले नेपालका लागि मात्रै होइन, रिजनकै लागि ठूलो योगदान दिन सक्छ । त्यो योगदान दिने कुरामा अमेरिकाको साथ र सहयोग रहनेछ भन्नुभयो । नेपालको आर्थिक विकास, सामाजिक क्षेत्रका कार्यहरु, स्वास्थ्यको क्षेत्रमा गरिहरेको कुरामा बिस्तार गर्न चाहन्छौँ, शिक्षाको क्षेत्रमा बिस्तार गर्न चाहन्छौँ भन्नुभएको छ, पूर्वप्रधानमन्त्रीको तर्फबाट अमेरिकाले गरिरहेको सहयोगको लागि धन्यवाद भन्नुभयो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगतमा गरेको योगदानको महत्व धेरै छ, यसलाई निरन्तरता दिने कुरामा धन्यवाद छ भन्ने कुरा रह्यो, पछिल्लो समय कोरोना महामारीमा भ्याक्सिनमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुले एमसीसी के हुन्छ भनेर अर्को प्रश्न राख्नुभयो । एमसीसीको बारेमा हामी अहिले सरकारमा छैनौँ, सरकारमा नभएको बेलामा यही गर्ने भनेर बोल्ने स्थिती छैन, सरकारमा भएकाहरुले के गर्ने भन्छन्, त्यो हेरेर निर्णय गरौँ भन्नुभयो ।’

salt training

कमेन्ट गर्नुहोस्